वायु सेवा निगमका अधिकृत पोखरेल पक्राउ


२६ मंसिर २०८०, मंगलवार
pakrau
फाइल फोटो

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का अधिकृत होमनाथ पोखरेल पक्राउ परेका छन् । भिजिट भिसामा खाडीका देश पठाउन नक्कली कागजात बनाउने काममा सहयोग गरेको आरोपमा पोखरेललाई आज मङ्गलवार पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए । पक्राउ परेका पोखरेलमाथि थप अनुसन्धान भइरहेको छ । उनले एक व्यक्तिलाई पठाएबापत १० हजार रुपैयाँ पाउने गरेको प्रहरीले बताएको छ।

एयरलाइन्स, प्रहरी, अध्यागमनको मिलेमतोमा नक्कली कागजात बनाएर भिजिट भिसामा वैदेशिक रोजगारीका लागि पठाउने गरेको कुरा केही समय अघि खुलेको थियो । नक्कली कागजात प्रकरणमा प्रहरीले कन्सल्टेन्सीका सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको छ । विस्तृत अध्ययनपछि थप जानकारी दिने एसपी रेग्मीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७