प्युठानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा वडा सदस्यको मृत्यु, पाँच जना घाइते


२८ मंसिर २०८०, बिहीबार
accident 2

प्युठान । प्युठानको ऐरावती गाउँपालिका–२, बरौलामा जन्ती बोकेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगातर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जीप आज (बिहीबार) दुर्घटनामा परेको हो ।

दुर्घटनामा मल्लरानी गाउँपालिका –३ का वडा सदस्य ५२ बर्षका दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए ।

उनका अनुसार नाच्दै गाउँदै हिँडिरहेका जन्तीलाई जीपले ठक्कर दिएको थियो । एक्कासी टायर पन्चर भएर अनियन्त्रित हुँदा जीपले ठक्कर दिदा पाँच जना घाइते भएका र उनीहरुको जिल्ला अस्पताल बिजुवारमा सामान्य अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको हो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७