मेयर बालेनको काम संघीय सरकारलाई समेत उत्प्रेरणा : प्रधानमन्त्री

काठमाडौं महानगरले यसरी मनायो २९ औं स्थापना दिवस


२९ मंसिर २०८०, शुक्रबार
pm 9 scaled

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं महानगरपालिकाले गरेको कामबाट संघीय सरकारलाई सकारात्मक उत्प्रेरणा प्राप्त गरेको बताएका छन् । आज (शुक्रबार) महानगरको २९ औँ महानगर दिवस कार्यक्रममा उनले महानगर प्रमुख बालेन शाहको कामको प्रशंसा गर्दै यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय महानगरपालिकाले उदाहरणीय काम गर्दै आएको बताए । उनले भने, ‘पछिल्लो समय महानगरले गरेका प्रशंसनीय काम गम्भीर रुपमा नियलिरहेको छु, शिक्षाको विकास, संरचना निर्माण, कला, संस्कृतिको काम, सुर्तीजन्य पदार्थको नियमन, छात्रवृत्तिको पहल गरेको छ, यसबाट संघीय सरकारलाई समेत सकारात्मक उत्प्रेरण प्राप्त भएको छ, बालेन्द्रलाई बधाई छ, शुभकामना पनि छ ।’

उनले काठमाडौं महानगर जस्तै अन्य स्थानीय तहहरूले पनि काम गर्न निर्देशन दिए । ‘यसका लागि म साथ सहयोग गर्न, निर्णय गर्नेमा सधैं सहयोग गर्न तत्पर छु,’ उनले भने । महानगरपालिकाले यतिखेर टुँडिखेलको सैनिक मञ्चमा भव्य रुपमा २९ औँ महानगर दिवस मनाइरहेको छ ।
काठमाडौं महानगरले यसरी मनायो २९ औं स्थापना दिवस
काठमाडौं महानगरपालिकाले २९ औं महानगर दिवस मनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख आतिथ्यमा काठमाडौंको टुडीखेलमा शुक्रबार आयोजित विशेष समारोहमा महानगरले आफ्नो स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालयको परेड, विभिन्न समूहका बाजा–बादनसहित सांस्कृतिक र्‍याली निकालियो थियो । २०५२ साल मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा भएको थियो । त्यही दिनको सम्झनामा महानगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७