सर्वोच्चमा सिफारिस ६ न्यायाधीशको आज संसदीय सुनुवाइ


२९ मंसिर २०८०, शुक्रबार
sarbochha ad 570464315

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीशको सुनुवाई गर्न आज (शुक्रबार) संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध १० वटा उजुरी परेका छन् । प्रस्तावित न्यायाधीश सारंगा सुवेदीविरुद्ध ६ वटा उजुरी परेका छन् भने टेकप्रसाद ढुङ्गानाविरुद्ध ३ वटा र अब्दुल अजिज मुसलमानविरुद्ध एउटा उजुरी परेको छ । यसअघि गत आइतबार बसेको समिति बैठकमा उजुरीकर्तालाई बोलाएर छलफल गरिएको थियो ।

आजको बैठकले सुनुवाई गरी नाम अनुमोदन गर्ने तयारी छ । न्यायपरिषदले सर्वोच्चको न्यायाधीशमा उच्च अदालत जनकपुरका न्यायाधीश शारङ्गा सुवेदी, उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश अब्दुल अजीज मुसलमान, उच्च अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा र टेकप्रसाद ढुङ्गानालाई सिफारिस गरेको छ । वरिष्ठ अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीशमा सिफारिस गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७