अख्तियारले भूकम्प प्रभावितहरूका लागि राहत कोषमा जम्मा गर्‍यो आठ लाख ६१ रुपैयाँ


२९ मंसिर २०८०, शुक्रबार
Akhtiyar

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूकम्प पीडितहरूलाई सहयोग गरेको छ । गत कार्त्तितक १७ गते शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभाविहरूको सहयोगका लागि आयोगका पदाधिकारी र कर्मचारीहरूबाट प्रधानमन्त्री राहत कोषमा ८ लाख ६१ हजार ७७८ रुपैयाँ जम्मा गरिरएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार नेपाल सरकार,मन्त्रिपरिषद्को निर्णयानुसार एभरेष्ट बैंक लिमिटेडमा रहेको प्रधानमन्त्री राहत कोषको खाता नम्बर नम्बर ००१०११०२२०००१२ मा रकम जम्मा गरिएको हो । यसअघि अख्तिायरले भूकम्प प्रभावितहरूका लागि कर्मचारीले सात दिनको तलब सुविधा सहयोग गर्ने बताएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७