भ्रष्टाचार नियन्त्रणमा नेपालले उल्लेख्य प्रगति गरेको छ : अख्तियार प्रमुख राई


२९ मंसिर २०८०, शुक्रबार
prem kumar rai

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालले भ्रष्टाचारविरुद्धको लडाइँमा धेरै संरचनात्मक चुनौतीहरूको सामना गरिरहेको बताएका छन् ।

भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको दशौँ सम्मेलनलाई सम्बोधन गर्दै राईले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा हालैका वर्षहरूमा सुधार भएता पनि नेपालले चुनौतीहरूको सामना गरिरहेको बताएका हुन् । भ्रष्टाचार सामाजिक, राजनीतिक र कानुनी संरचनामा गहिरोसँग जरा गाडिएकाले यसको दिगो सफलताको लागि यी अन्तर्निहित कारकहरूलाई सम्बोधन गर्न महत्वपूर्ण रहेको उनले बताए ।

प्रमुख आयुक्त राईले चुनौतीका बाबजुद अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक दायित्व र कार्यादेशलाई जिम्मेवार र पारदर्शी रूपमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए । राईले भ्रष्टाचार गम्भीर अपराध भएको उल्लेख गर्दै यसले विकासलाई कमजोर बनाउने र सरकार प्रतिको विश्वसनीयता पनि घटाउने बताए । नेपाल भ्रष्टाचार नियन्त्रणको लागि दृढसंङ्कल्पित रहेको र यसविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेको उनले बताए । भ्रष्टाचार नियन्त्रणका लागि प्रवर्द्धनात्मक एवं दण्डात्मक उपायहरू अवलम्बन गरिएको उनको भनाई छ ।

राईले भने, ‘भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसङ्घीय महासन्धिको कार्यान्वयन गर्न र यसका उद्देश्यहरू प्राप्त गर्न नेपालले आगामी दिनमा समेत पक्ष राष्ट्रहरूसँगको सहयोगी प्रयासहरूको उत्सुकतापूर्वक अपेक्षा गर्दछ । भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको दसौँ सम्मेलन संयुक्त राज्य अमेरिकाको एटलान्टा सहरमा मंसिर २५ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७