मलेसियामा सँगै काम गर्ने साथीको हत्या गरी भागेका युवक काठमाडौंमा पक्राउ


२ पुष २०८०, सोमबार
Malayasia Casse man

काठमाडौँ । मलेसियामा नेपाली साथीको हत्या गरेर भागेका एक युवक काठमाडौंमा पक्राउ परेका छन् । महोत्तरी गौशालाका अनिलकुमार साहलाई प्रहरीले अस्ती शनिवार विमानस्थलबाट पक्राउ गरेको हो ।

साहले गएको मंसिर २५ गते झापाका धनबहादुर प्रधानको हत्या गरेका र हत्यापछि भागेर नेपाल आउँदै गर्दा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेपाली दूतावास तथा इन्टरपोलसँगको सहकार्यमा उनलाई पक्राउ गरिएको हो ।

मुलुकी अपराध संहितामा रहेको बहुक्षेत्रीय अधिकारसम्बन्धी प्रावधानअनुसार उनीविरुद्ध नेपालमै कर्तव्य ज्यान मुद्दामा अनुसन्धान र अभियोजन हुने काठमाडौँ प्रहरीले जनाएको छ । पीडितले २५ मंसिरमा प्रधानको हत्या गरेर आरोपी अनिलकुमार साह नेपाल आउँदै गरेको सूचना दिएका थिए । त्यो सूचनाका आधारमा साहलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख खत्रीले बताए ।

‘एउटै कम्पनीमा काम गर्ने साहले प्रधानको हत्या गरेर फरार रहेछन्, उनी मलेसियास्थित दूतावासमा आफ्नो पासपोर्ट हराएको भन्दै ट्राभल डकुमेन्ट बनाउन गएका रहेछन्’, खत्रीले भने, ‘त्यो सूचना पाएपछि उनी नेपाल आउन सक्छन् भनेर टोली परिचालित थियो ।’ त्यसक्रममा हुलिया बदलेर ३० मंंसिरमा हुलिया बदलेर हिमालयन एयरलाइन्सबाट नेपाल आउँदै गरेको सूचना पाएपछि विमानस्थलबाटै साहलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ परेपछि शाहले आफूमाथि लागेको आरोप समेत स्वीकारेको प्रहरीले जनाएको छ । ‘सामान्य झगडा हुँदा दुई-चार मुक्का हानेको भनेर बयान दिएका छन्’, एसएसपी खत्रीले भने, ‘त्यसक्रममा चौधरीको मृत्यु भएको छ ।’ इन्टरपोल मलेसियालाई लिखित पत्राचार गरेर अनुसन्धानका सम्बन्धमा विवरण उपलब्ध गराइदिन भनिसकिएको समेत उनले बताए ।

‘हामीलाई प्राप्त पोष्टमार्टमको रिपोर्टमा पनि ‘डेथ ड्यू टु ब्लन्ट इज्यूरी’ भनिएको छ’, उनले भने, ‘बयान र अरु विवरण पनि मिलेका छन्, थप अनुसन्धान गरिरहेका छौं ।’ विदेशमा भएको अपराधमा अनुसन्धान भएको यो नै सम्भवतः पहिलो घटना भएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७