भाउजु बलात्कारको आरोपमा देवर पक्राउ


३ पुष २०८०, मंगलवार
rape

सल्यान । सल्यानमा भाउजुलाई बलात्कार गरेको आरोपमा देवर पक्राउ परेका छन् । बलात्कार गरेको जाहेरीपछि जिल्लाको छत्रेश्वरी गाउँपालिकाका ३९ वर्षीय पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पक्राउ परेका पुरुषलाई इलाका प्रहरी कार्यालय लुहाममा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए ।

जिल्लामा पछिल्लो समय बलात्कारका घटनामा वृद्धि हुँदै आएको देखिएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा आफन्तबाट नै ११ वटा जबरजस्ती करणीका घटना जिल्लामा घटेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७