सरकारको निर्णय अवज्ञा गर्दै वर्ल्डलिंकसहित तीन आइएसपीले खुलाए टिकटक


५ पुष २०८०, बिहीबार
tiktok smart khbar

काठमाडौं । मन्त्रिपरिषदको निर्णय अबज्ञा गर्दै तीन इन्टरनेट सेवा प्रदायकले काठमाडौं बाहिर टिकटक खुलाएका छन् ।
अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामै बुधबार वर्ल्डलिंकसहित तीन आइएसपीले आफुखुशी टिकटक खुलाएका हुन् ।

स्रोतका अनुसार वर्ल्डलिंक, डिसहोम फाइबरनेट र ब्रोडलिंकका उच्च अधिकारीको अनौपचारिक वैठक बुधबार काठमाडौंमा बसेको थियो । वैठकले काठमाडौं बाहिरका चार ठाउँमा रहेका लोकल सर्भरबाट टिकटक खुलाउने निर्णय गरेको स्रोतले जानकारी दियोे । त्यसलगत्तै तीन वटै आइएसपीका ग्राहकहरूको डिभाइसमा टिकटक चल्न थालेको छ ।

काठमाडौंमा भने तत्काल नखोल्ने रणनीति छ । काठमाडौंमा खोल्दा सरकारी निकायको ध्यान जाने र कारवाहीमा परिने डरले यस्तो निर्णय लिइएको स्रोतको भनाइ छ । टिकटक प्रतिवन्धविरूद्धको मुद्दा सर्वाेच्चमा विचाराधीन रहेको छ । आइएसपीहरूले आफूखुशी टिकटक खुलाएर सरकारलाई ठाडो चुनौति दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७