अर्ब बढी कारोबार गर्ने कम्पनीले अनिवार्य आइपिओ जारी गर्नुपर्ने, सबै नेपालीको आफ्नै बैंक खाता


१५ जेष्ठ २०७५, मंगलवार

काठमाडौ, १५ जेठ । सरकारले एक अर्बभन्दा वढिको कारोबार गर्ने सबै कम्पनीलाई साधारण शेयर जारी गर्न लगाइने भएको छ । नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष र कर्मचारी सञ्चय कोषलाई नियामन गर्न छुट्टै नियामक निकाय गठन गर्ने भएको छ ।khatiwada

सरकारले बैंक कर्जा चुक्ता नगर्नेलाई नागरिक सेवा नदिने घोषणा गरेको छ । बीमा कम्पनीहरुको पहुँच बृद्धिमा थप कडाइ गरिएको छ । सरकारले एक बर्षभित्र सबै नेपालीको बैंक खाता खोल्ने नीति लिने भएको छ ।

मंगलबार आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय सेवामा सबै नेपालीको पहुँच पुर्‍याउन एक बर्षभित्र सबैको खाता खोल्ने ब्यवस्था मिलाउने बताएका हुन् । सरकारले नियामकहरुको क्षमता बढाउन नेपाल राष्ट्र बैंक ऐन, धितोपत्र बोर्ड ऐन र बीमा ऐन संशोधन गर्ने भएको छ । राष्ट्र बैंक ऐन गत बर्ष मात्र संशोधन गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७