सर्वोच्चका ६ जना न्यायाधीशले लिए शपथ


५ पुष २०८०, बिहीबार
sapath

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज (बिहीबार) भएको सो शपथ ग्रहण कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिने न्यायाधीशहरूमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार उनीहरूलाई न्यायाधीश पदमा नियुक्ति गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७