सरकारी कार्यालयमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका स्वीकृत


५ पुष २०८०, बिहीबार
cabinet new pic scaled

काठमाडौँ । सरकारी कार्यालयमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका, २०८० स्वीकृत भएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको हो ।

उक्त निर्देशिका सामाजिक समितिबाट पेश भएको थियो । यसैगरी माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ । राष्ट्रिय जनगणना, २०७८ को कूल जनसंख्याको ०.५ (शून्य दशमलब पाँच) प्रतिशतभन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजाति (दलितबाहेक) लाई अल्पसंख्यकको रूपमा तोक्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै सामाजिक समितिबाट पेश भएका अपांगता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति, २०७९ पनि स्वीकृत भएको छ । बैठकले राष्ट्रिय बालबालिका नीति, २०७९ स्वीकृत गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७