बालबालिकाको साथमा हुँदा आफ्नो उमेर पनि भुल्छु : अध्यक्ष ओली


६ पुष २०८०, शुक्रबार
kp 12

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बालबालिकाको साथमा हुँदा आफ्नो उमेर पनि भुल्ने गरेको बताएका छन् ।

kp 1 5

आज (शुक्रबार) बिहान सामाजिक सञ्जालमा बालबालिकाहरुसँगको तस्वीर राख्दै उनले यस्तो बताएका हुन् । ‘भविष्य सबैलाई मन पर्छ, मलाई पनि मन पर्छ । जब म बालबालिकाको साथमा हुन्छु, आफ्नो उमेर पनि भुल्छु । उनीहरू देशका भविष्य हुन् । शुभ बिहानी !’ अध्यक्ष ओलीले भनेका छन् । अध्यक्ष आलीले बालबालिका देशका भविष्य भएको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७