प्रधानमन्त्री कप महिला क्रिकेट : आज चार खेल हुँदै


८ पुष २०८०, आईतवार
pm cup O6Cn285qO5

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज (आइतबार) चार खेल हुँदैछन् । आज हुने खेलमा मधेश प्रदेशले कोशी प्रदेशको सामना गर्दैछ । त्रिवि मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ।

आजको खेलमा कोशी लगातार तेस्रो जित दर्ता गर्ने योजनामा छ । राष्ट्रिय टिमका नियमित चार जना खेलाडीको साथ पाएको कोशी उपाधि दावेदार समेत हो । उसले यसअघि कर्णाली र बागमतीलाई हराएको छ। मधेशले यसअघिका दुवै खेलमा हार ब्यहोरेको छ ।

आज बिहान साढे ९ बजे नै हुने खेलमा लुम्बिनी प्रदेशले प्रतियोगिताकै सबैभन्दा बलियो एपीएफ क्लबको सामना गर्नेछ । महिला क्रिकेटमा एपीएफ सबैभन्दा धेरै उपाधि जितिसकेको टोली हो । त्यसैले पनि एपीएफ आज लुम्बिनीलाई पनि हराउने लक्ष्यमा हुनेछ । उसले यसअघि मधेश र सुदूरपश्चिम प्रदेशलाई हराएको थियो । यो खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । आजै दिउँसो सवा १ बजे हुने खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिमको सामना गर्नेछ । त्यसैगरी मुलपानी मैदानमा बागमतीले गण्डकीसँग खेल्ने तालिका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७