पोखरी निर्माणमा भ्रष्टाचार, प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा


८ पुष २०८०, आईतवार
Akhtiyar

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सार्वजनिक पोखरी निर्माणमा अनियमितता गर्ने तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

धनुषाको हंसपुर नगरपालिका –१ भगवानपट्टीमा रहेको कित्ता नम्बर ३३० को सार्वजनिक पोखरीलाई वडा नम्बर १ का वडा अध्यक्षले ठेक्का लगाउँदा भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा छानबिन हुँदा तत्कालीन नगरपालिका –१ का वडाअध्यक्ष कामेश्वर कापर, तत्कालीन प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, ठेकेदार मदन कुमार झा र नवीन कुमार चौधरीले ५ लाख ५५ हजार रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले उनीहरूविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

अध्यक्ष कापरले हंसपुर नगरपालिका वडा नम्बर १ स्थित किा नम्बर ३३० को सार्वजिनक पोखरी ठेक्कावाफत आफूले बुझि लिएको दोस्रो वर्षको किस्ता ५ लाख ५५ हजार राजश्व रकम राजश्वसमा दाखिला गर्नुपर्नेमा सो नगरी हिनामिना गरेको अख्तियारको ठहर छ ।

यस्तै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारीले नगरपालिका नगरकार्यपालिकाको बैठकको निर्यणमा नभएको नगरेको कुरा देखाइ सरकारी कागज सच्याउने कार्य गरी सच्च्याएको सरकारी कागजलाई सक्कल हो भनी प्रमाणित गरी गलत लिखत तयार गरी भ्रष्टाचार गरेको पाइएकाले उनलाई कैद र जरिवानाको माग गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

ठेकेदार झा र चौधरीले सार्वजनिक पोखरी ठेक्कावाफत दोस्रो वर्षको किस्ता ५ लाख ५५ हजार राजश्व रकम दाखिला गर्नुपर्नेमा सो नगरी नगरपालिकालाई हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनलाई सो रकम बराबरको विगो समेत जफत हुन माग दावी गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७