प्रधानमन्त्रीले धरानलाई नहेरे मेयर हर्क साम्पाङले प्रधानमन्त्रीको फोटो फाल्दिने !


१० पुष २०८०, मंगलवार
harka sampang prachanda

सुनसरी । सामाजिक सञ्जालमा टिप्पणी गर्न सक्रिय रहने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री प्रचण्डले धरानलाई नहेरे आफ्नो कार्यकक्षमा राखेको फोटो झिकेर फाल्दिने बताएका छन् ।

उनले आफ्नो फेसबुक अकाउन्टमा यस्तो स्ट्याटस लेखेका हुन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्री ज्यूले धरानलाई माया गर्छन् गर्दैनन् हेर्छु यसपालि । मेरो अफिसको भित्तामा राखेको फोटो फालेर यलम्बरको फोटो राख्न नपरोस् । कुरा यति ।’ कतिपयले भने मेयर सम्पाङले धरानको विकासमा ध्यान नदिए प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत खुल्ला चुनौती दिएको बताएका छन् ।

Capture 28

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७