राष्ट्रपति पौडेल महोत्सव उदघाटनका लागि बागलुङ जाँदै


११ पुष २०८०, बुधबार
Ramchandra poudel 3 scaled
फाइल फोटो

काठमाडौं । सातौं बागलुङ महोत्सव आज (बुधबार) बाट सुरु हुँदैछ । महोत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिने भएको छ । महोत्सव उद्घाटन गर्न आज राष्ट्रपति पौडेल बागलुङ जाँदैछन् ।

बजारका विभिन्न स्थानमा स्वागत गेट निर्माण गरिएको छ भने तोरण टाँगेर बजारलाई सिंगारिएको छ । महोत्सवको सबै तयारी पूरा भएको छ । बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले भने, ‘राष्ट्रपतिलाई स्वागत गर्न बजारबासी आतुर छौं । महोत्सवको उद्घाटन गर्न राष्ट्रपति आउने भएपछि बागलुङबासी उत्साहित भएका छन् ।’

राष्ट्रपति पौडेलले बुधवार बिहान १० बजे बागलुङ आइपुग्ने संघका अध्यक्ष कँडेलले जानकारी दिए । उनका अनुसार राष्ट्रपति पौडेलले बागलुङको प्रसिद्ध ऐतिहासिक शक्तिपीठ बागलुङ कालिका मन्दिर र बागलुङ नगरपालिका –४ कुँडुलेमा रहेको शालिग्राम संग्रहालयको दर्शन तथा अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

मन्दिर दर्शनपश्चात दिउँसो १ बजे धौलागिरी बहुमुखी क्याम्पसको मैदानमा राष्ट्रपति पौडेलले महोत्सवको उदघाटन गर्नेछन् । महोत्सवको उद्घाटनका अवसरमा विभिन्न जातजातीका झाँकी, स्थानीय कला–संस्कृति, कृषि प्रदर्शनी गरिने भएको छ । महोत्सवमा व्यावसायिक प्रयोजनका लागि एक सयसय ६९ वटा स्टल तयार पारिएको छ । महोत्सवमा बागलुङका स्थानीय उत्पादनको बिक्री–वितरणका लागि स्टलको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७