पार्टी वैठकमा झलनाथको दावी : ८४ को चुनावमा वामपन्थी शक्ति सिध्याउन योजना बन्दैछ

‘७० वर्षे उमेर हद सान्दर्भिक छैन’


११ पुष २०८०, बुधबार
Jhalanath

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले ०८४ को निर्वाचनमा वामपन्थी शक्तिलाई सिध्याउने योजना बनिरहेको बताएका छन् ।

ललितपुरमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै एकजुट भएर अघि नबढे गाह्रो पर्ने भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नतिर लागेनौं भने ०८४ को चुनाव सम्झिनुस् । ०८४ को चुनावमा वामपन्थीहरूलाई धुल्याउने योजना छ । यो बुझिराख्न आवश्यक छ । हामीले अहिलेदेखि नै तयारी गर्नुपर्छ । कुन बाटो हिँड्दा सही हुन्छ त्यो गर्न सकेनौं भने गाह्रो हुन्छ ।’

‘७० वर्षे उमेर हद सान्दर्भिक छैन’
नेता झलनाथ खनालले ७० वर्षे उमेरहद सान्दर्भिक नभएको बताएका छन् । वैठकलाई सम्बोधन गर्दै उमेर हदबारे कसरी जाने नेतासँग सुझाव मागे ।

उनले भने, ‘हामीले ९ औँ महाधिवेशनमा ७० वर्षे उमेर हद राख्यौँ तर त्यो भन्दा तलतिरको नेता जन्माउन सकेनौँ । त्यो दुःखद कुरा हो । त्यो उमेर हद राखेर मात्रै हुन्छ कि हुँदैन ? यो महाधिवेशनले युवाहरूलाई माथि ल्याउन आवश्यक छ । अब यो उमेरहदको कुरामा सान्दर्भिक देखिँदैन । लागू पनि नगरेकाले यसको सन्दर्भ नै हराइसक्यो ।’ उनले पार्टी कमिटी पनि घटाउनुपर्ने बताए । पार्टी कमिटीको बैठक राख्दा लाखौँ खर्च आउने भएकाले अब महाधिवेशनबाट घटाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७