नेपाल बैंक घोटाला प्रकरण : तत्कालीन प्रबन्धक कोइरालालाई ६ वर्ष कैद सजाय


११ पुष २०८०, बुधबार
Nepal bank ghotala

काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालाको सजाय निर्धारण गरिएको छ ।

आज (बुधबार) विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई ५४ लाख ८४ हजार रुपैयाँ बिगो र उति नै जरिवाना तोकेको हो । साथै उनलाई ६ वर्ष १ महिना कैद सजाय तोकिएको छ ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले अख्तियारको मागबमोजिम नै उनलाई सजाय भएको जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोइरालामाथि बैंकको सिस्टम ह्याक गरेर बैंकमा जम्मा गर्नुपर्ने ब्याज आफ्नो खातामा जम्मा गरी भ्रष्टाचार गरेको आरोप लगाएको थियो । उनीविरुद्ध अख्तियार ०७७ असार ३१ मा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७