बसमा आगलागी हुँदा १३ जनाको मृत्यु


१२ पुष २०८०, बिहीबार
1703727676 bus 1200x560 1
सांकेतिक तस्वीर

नयाँदिल्ली । भारतको मध्य प्रदेश राज्यमा बसमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । आगलागीमा परी अन्य १७ जना घाइते भएका छन् । मध्य प्रदेशको गुना भन्ने ठाउँबाट आरोन जाँदै गर्दा बस क्रेनसँग ठोक्किएर सडकबाट तल खसेको थियो । बसमा ३० जना यात्रु सवार थिए । भारतीय सञ्चार माध्यमहरूका अनुसार मृत्यु भएकाहरूको पहिचाका लागि डिएनए परीक्षण गराउने तयारी भइरहेको छ ।

यसैबीच मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले घटनामा मृत्यु भएकाहरूको परिवारलाई ४ लाखका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् । यस्तै घटनामा घाइते भएकाहरूलाई ५० हजारका दरले उपलब्ध गराउने पनि उनले बताएका छन् । घटनामा घाइते भएका १७ जनाको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७