एमाले अध्यक्ष ओली आज चितवन जाँदै


१३ पुष २०८०, शुक्रबार
kp oli 1

चितवन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) चितवन जाने भएका छन् । कालिका नगरपालिकामा रहेको भीमोदय माविको स्वर्ण महोत्सव समारोहमा सहभागी हुनका लागि अध्यक्ष ओली चितवन जान लागेका हुन् ।

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार अध्यक्ष ओली बिहान ११ बजे भरतपुर विमानस्थल आइपुग्ने र त्यसपछि कालिका नगरपालिका जाने कार्यक्रम तय भएको छ । कालिका नगरपालिका खोलेसिमलमा कार्यकर्ता भेटघाटमा सहभागी भएपछि अध्यक्ष ओली विद्यालयको स्वर्ण महोत्सव समारोहमा सहभागी हुने कार्यक्रम तय भएको छ ।

पूर्व प्रधानमन्त्री ओलीले विद्यालयमा बनेको स्वर्णद्धार उद्घाटन, स्वर्ण स्मारिका विमोचन, स्वर्ण स्तम्भ अनावरण गर्ने कार्यक्रम रहेको छ । स्वर्ण महोत्सव समारोहमा बाजागाजासहित विभिन्न जातजातिका झाँकी निकाल्ने तयारी छ । स्वर्ण महोत्सवमा २५ हजार भन्दा बढी चन्दा दिने दाताहरुलाई सम्मानग र्ने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक इन्द्रनाथ पौडेलले जानकारी दिए । उनका अनुसार विद्यालय संस्थापक, संस्थापक शिक्षक, पूर्व अध्यक्षहरु, पूर्व प्रधानाध्यापकहरुलाई समेत सम्मान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७