मातातीर्थ र फाखेल–फर्पिङ सडक दुई महिनालाई बन्द


१६ पुष २०८०, सोमबार
Kanti Path
फाइल फोटो

मकवानपुर । फर्पिङ हुँदै कुलेखाने निस्कने सडक आज (सोमबार) देखि दुई महिनालाई बन्द गरिने भएको छ । मकवानपुर इन्द्रसरोवर गाउँपालिकाले सूचना निकालेर पुस १६ गतेदेखि फागुन १५ गतेसम्म सडक बन्द रहने जानकारी दिएको हो ।

कुलेखानी–हुमाने–फाखेलखण्ड र हुमाने–मातातीर्थ हुँदै काठमाडौंको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने भएकाले यातायात आवागमन बन्द गरिएको इन्द्रसरोवर गाउँपालिकाले जनाएको छ । उक्त खण्ड बन्द हुँदा वैकल्पिक सडकको व्यवस्था गरिएको छ । यातायातका साधनका निम्ति हेटौंडा–भीमफेदी हुँदै कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी–दक्षिणकाली तथा कुलेखानीको कलंकी हुँदै मार्खु र चित्लाङको बाटो भएर काठमाडौंको थानकोट पुग्न सकिने गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईंले जानकारी दिएका छन् ।

उनका अनुसार, आज बिहानदेखि वैकल्पिक मार्गका रूपमा हेटौंडाबाट आउने हल्का सवारीसाधन उक्त खण्डमा सञ्चालन हुनेछन् । वैकल्पिक सडकका रूपमा काठमाडौंको चापागाउँ हुँदै कान्ति लोकपथबाट हेटौंडातर्फ आउने सवारीसाधनलाई पनि सञ्चालनमा ल्याइने गाउँपालिकाकाले जनाएको छ ।

s

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७