लालसागरमा तनाव : इरानले पनि तैनाथ गरायो युद्धपोत


१७ पुष २०८०, मंगलवार
iran
तस्वीर : एजेन्सी

तेहरान । तनाव बढ्दै गएपछि इरानले लालसागरमा युद्धपोत तैनाथ गरेको छ । इरानी राज्य मिडियाका अनुसार तेहरानले लालसागरमा युद्धपोत पठाएको छ र उसले लालसागर क्षेत्रमा द्रूत रूपमा सैन्यीकरण भइरहेकाले सो कदम चालेको हो ।

इरानी सेनाको आइरिस अलब्रोज ९४औँ नौसेना फ्लिटको एक हिस्सा लाल सागर पुग्नका लागि यमन नजिकै बाब अल मान्डेबस्ट्रेटको माध्यमबाट यात्रा सुरु गरेको छ । यो युद्धपोत मूलतः आधा शताब्दी अघि १९७९ को इरानी क्रान्ति अघि निर्माण गरिएको थियो । तर, अहिले यसलाई पुनर्संरचना गरेर थप आधुनिक बनाइएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

यसमा इस्लामिक क्रान्तिकारी गार्ड कर्पोरेशनको नौ सैनिक बलबाट अलग नौ सैनिक बलमा पुनः सामेल हुन चार वर्ष पहिले नयाँ लडाईं प्रणालीहरू जडान गरिएको छ । उता इरानका सुरक्षा प्रमुख अली अकबर अहमदियानले हुथी बिद्रोहीका उच्च वार्ताकार मोहम्मद अब्दुलसलामसँग भेटवार्ता गरेपछि सरकारी सञ्चार माध्यमले यो खबर बाहिर ल्याएको हो ।

तर इरानी अधिकारी र हुथी बिद्रोही नेताका बीचमा यो भेट कहाँ वा कहिले भएको हो ? भन्ने अझै खुलाइएको छैन । तर इरानी मिडियाले अहमदियनलाई उद्धृत गर्दै भनेको छ कि प्यालेस्टिनीहरूलाई समर्थन गरेको र इजरायलको पक्षमा उभिएकोमा हुथीहरूको इरानले खुलेर प्रशंसा गरेको छ । हुथी बिद्रोहीले इजरायलसँग सबन्धित भएका पानी जहाज, कार्गोजहाजमाथि हमला गरेको भन्दै अमेरिकाको नेतृत्वमा युद्धपोत तैनाथ गराएपछि इरानले पनि युद्धपोत लालसागरमा उतारेको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७