गठबन्धनको बैठक लगतै बालुवाटार पुगे एमाले अध्यक्ष ओली


१८ पुष २०८०, बुधबार
prachanda deuba oli

काठमाडौं । आसन्न राष्ट्रियसभा चुनावका लागि सिट बाँडफाँटबारे सत्ता गठबन्धनसँग छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनको बैठक सकिए लगत्तै अहिले ओली बालुवाटार पुगेका हुन् । यसअघि आज बिहान कांग्रेस र माओवादीबीचको छलफलमा एमालेलाई पनि राष्ट्रियसभा चुनावमा समेट्ने कुरा भएको थियो ।

अहिले गठबन्धनमा छलफलपछि एमाले अध्यक्ष बालुवाटार पुग्नुलाई सत्ता गठबन्धन र एमाले मिलेरै राष्ट्रियसभा चुनावमा जाने सम्भवना बढेको छ । फागुनमा रिक्त हुने राष्ट्रियसभाका २० सिटमध्ये १९ सिटका लागि ११ माघमा चुनाव हुँदैछ । यही २३ पुसमा उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन कार्यतालिका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७