राष्ट्रियसभाका उम्मेदवार छान्न एमालेले बोलायो सचिवालय बैठक


१९ पुष २०८०, बिहीबार
uml emale sachiwalaya
फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय ललितपुरको च्यासलमा भोलि (शुक्रबार) पौने १ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा राष्ट्रियसभा निर्वाचन लगायत समसामयिक विषयमा छलफल गर्ने एजेण्डा तय भएको पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीलाई बुधवारभित्र उम्मेदवार सिफारिस गरेर पठाउन निर्देशन दिएको थियो । सिफारिस उम्मेदवारबारे शुक्रबारको बैठकमा छलफल गरेर टिकट दिने तयारी एमालेले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७