शेखरको आरोप : टिआरसी र काण्डबाट बच्न सत्ता गठबन्धनलाई एमालेको साथ चाहिएको छ


१९ पुष २०८०, बिहीबार
Shekhar Koirala
फाइल फोटो

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले विभिन्न काण्डबाट बच्न सत्ता गठबन्धनलाई नेकपा एमालेको साथ चाहिएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा लेख्दै कोइरालाले यस्तो आरोप लगाएका हुन् ।

कोशी प्रदेशमा एमालेको सहयोगमा सरकार बनाउँदा सत्ता गठबन्धन नै धरापमा पर्‍यो भनेर रोइलो गर्नेहरू आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न लागेको कोइरालाले उल्लेख गरेका छन् ।

‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्‍यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन्’ कोइरालाले ट्वीट गरेका छन्, ‘कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७