एमाले अध्यक्ष ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


१९ पुष २०८०, बिहीबार
Oli and S Jaishankar 1704367265

काठमाडौँ । नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस. जयशंकर र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज (बिहीबार) अपरान्ह भेटवार्ता भएको छ ।

विदेशमन्त्री जयशंकर र ओलीबीच बत्तिसपुतलीस्थित होटेल द्वारिकाजमा भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय सहकार्यबारे छलफल भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । ‘कार्यसूची अन्तर्गत नै भेटवार्ता भएको हो’, उनले भने, ‘दुई नेताबीच आपसी हितका विषयमा कुरा भएको छ ।’

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बिहीबार बसेको सातौँ बैठकमा सहभागी हुन जयशंकर बिहीवार काठमाडौँ आएका हुन् । यसअघि बिहीबार बिहानै उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा वार्ता गरेका थिए । त्यसपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारमा एक घण्टा लामो वार्ता गरे । दुई शीर्ष नेतासँगको भेटवार्तापछि याक एन्ड यती होटलमा संयुक्त आयोगको बैठकमा उनले भाग लिए । त्यसपछि द्वारिकाज पुगेर जयशंकरले ओलीसँग वार्ता गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७