सशस्त्र प्रहरीमा ९९ प्रहरी निरीक्षक र ९८ सहायक निरीक्षकका लागि खुल्यो भर्ना (सूचनासहित)


२० पुष २०८०, शुक्रबार
apf
फाइल फोटो

काठमाडौं । सशस्त्र प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी सहायक निरीक्षक (असई) देखि विभिन्न पदहरूमा नयाँ भर्ना खुलाएको छ ।

आज (शुक्रबार) सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी बलले ९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले माघ १० गतेसम्म आवेदन दिन सक्ने छन् ।

उम्मेदवारहरूले अनलाइनमार्फत पनि आवेदन दिन सक्ने जनाइएको छ । प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा अनलाइन आवेदन दिएकाहरूमध्ये फागुन २ गतेभित्र र विभिन्न ट्रेड पदमा उम्मेदवारी दिएकाहरूले माघ २४ गतेभित्र दरखास्त दिँदा तोकेको कार्यालयमा उपस्थित हुनुपर्नेछ ।
हेर्नुस् सूचना

p 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७