माइतीघरबाट डा. गोविन्द केसीसहित सात जना पक्राउ


२१ पुष २०८०, शनिबार
Govinda kc 1

काठमाडौँ । निषेधित क्षेत्र तोडेपछि प्राध्यापक डा. गोविन्द केसीसहित सात जना माइतीघर मण्डलाबाट पक्राउ परेका छन् । विभिन्न मागसहित निषेधाज्ञा तोड्न माइतीघरमा प्रदर्शनमा उत्रिएका केसी र उनका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Govinda kc 1 1

केसीले नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधानले प्रदत्त अधिकार फिर्ता गर्नु पर्ने भन्दै प्रदर्शनमा उत्रिएका थिए । उनले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनुपर्ने, चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अदालतबाट रोकिएकोमा तत्काल अदालतले नै बाटो खोलेर नियुक्ति अघि बढाउनुपर्ने माग राखेका छन् ।

Govinda kc 2

यसका साथै गेटामा भएको सम्झौता भएबमोजिम स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरुमा राजनीतिक भागबण्डाको अन्त्य गरी योग्यताका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्ने, सरकारी अस्पतालमा दरबन्दी थप गर्नुपर्ने र औषधि निःशुल्क गर्नुपर्ने माग उनले राखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७