कंगोमा भारी वर्षाका कारण ३०० जनाको मृत्यु


२२ पुष २०८०, आईतवार
kango

किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कंगोमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ३०० जनाको मृत्यु भएको एक मन्त्रीले शुक्रबार बताएका छन् ।

सामाजिक मामिला, मानवीय कार्य र राष्ट्रिय ऐक्यबद्धतामन्त्री मुटिंगा मुतुइशायीले यो विपद्मा कम्तीमा ४३ हजार ७५० घर भत्किएको बताए । उनले सरसफाइ र सफा पानीको अभावमा महामारीको जोखिमबारे पनि चेतावनी दिए ।

मन्त्रीले कंगोली अधिकारीलाई मानवीय टोलीलाई सहयोग गर्न अन्तर्राष्ट्रिय एकताका निम्ति आह्वान गर्दै पीडितलाई मद्दत गर्न तुरुन्तै कोष जारी गर्न आग्रह गरे । रासस÷सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७