भागवण्डा टुङग्याउन गठबन्धनकाे वैठक बस्दै, माधव नेपालले दुई सिटमा बुझाउँलान् चित्त ?


२२ पुष २०८०, आईतवार
satta

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठक आज (आइतबार) पनि बस्दैछ । हिजो (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा केही दल असन्तुष्ट बनेका थिए ।

यद्यपि शनिबार राति अबेरसम्म तीन दलले राष्ट्रियसभा निर्वाचनका लागि सहमतिको अन्तिम ड्राफ्ट तयार गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट बनेर हिँडे पनि तीन दलले चार प्रदेशमा आपसी भागबण्डा गरेका हुन् ।

माधव नेपालले तीन सिटमा दाबी गरेका छन् । तर कांग्रेस र माओवादीले दुई सिट मात्र दिन सकिने बताइरहेका छन् । कांग्रेसले १० सिट र माओवादीले पाँच सिट पाउने आपसी सहमति भएको छ । साना दलहरू जनमत, लोसपा र राष्ट्रिय जामोर्चाले भने भाग नपाउने भएका छन् । एक सिट दाबी गर्दै आएका ती दलका अध्यक्ष माग पूरा नभएपछि विच्किएर वैठक छाडेर हिँडेका थिए । आज बिहान माधव नेपाललाई राखेर सहमति गरिने एक नेताले बताएका छन् । राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७