जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी


२२ पुष २०८०, आईतवार
jasapa

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक जारी रहेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार सङ्गठन विभागका प्रमुख राजेन्द्र श्रेष्ठ र प्रदेश समितिका इन्चार्जले तयार पारेका साङ्गठनिक प्रस्ताव, आसन्न राष्ट्रियसभा निर्वाचन, यही पुस २५ गतेदेखि काठमाडौँमा बस्न लागेको पार्टीको राजनीतिक समिति बैठक र पुस २७ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकको तयारीलगायतका विषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७