हारेकालाई राष्ट्रियसभामा ल्याउने कुरा व्यवस्थामाथिकै प्रहार : रवि लामिछाने


२४ पुष २०८०, मंगलवार
rabi
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रतिनिधिसभा निर्वाचनमा पराजितहरूलाई उम्मेदवार बनाइएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

आज (मंगलबार) सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा हारेकाहरूलाई उम्मेदवार बनाउनु व्यवस्थामाथिकै आक्रमण भएको बताएका हुन् । देशलाई योगदान दिएका भन्दा पार्टीको काम गर्न सक्ने मान्छे मात्रै सिफारिस गरेर व्यवस्थामाथि आक्रमण भएको उनको धारणा छ ।

‘कसले आक्रमण गर्‍यो व्यवस्थामाथि ? संवैधानिक परिषद्को बैठकमा नआउनेले व्यवस्थामाथि आक्रमण गर्‍यो । देशलाई योगदान दिएको भन्दा आफ्नो पार्टीका लागि काम गर्न सक्ने मान्छे सिफारिस गर्ने कामले यो व्यवस्थामाथि आक्रमण गर्‍यो’, उनले भने । राज्यका सबै जिम्मेवार निकायमा मेरिट बेसका आधारमा पदाधिकारी चयन गर्नुपर्ने उनको धारणा छ ।

यो राजनीतिक प्रणालीमाथिको गम्भीर प्रहार भएको उनको दाबी छ । राज्यका सबै जिम्मेवार निकायमा मेरिटबेस (योग्यता) को आधारमा चयन उनको प्रस्ताव छ । ‘तपाईहरूले मुटुमाथि ढुंगा राखेर पार्टीको निर्णय मान्नुपर्ने अवस्था आएको छ नि । त्यसैगरी तपाईँको मुटुमा अर्को ढुंगा बस्छ । फेरि अर्को ढुंगा राखेर तपाईहरु हाँस्नुपर्ने अवस्था आउँछ । मलाई विश्वास छ–यहाँहरुको पुस्ताले लडेर हाम्रो पुस्ताले त्यो सौभाग्य प्राप्त गर्न सकेन व्यवस्था परिवर्तनका लागि । गोली थाप्ने, छाती थाप्न अगाडि बढन पाएन । मौका परे हामी पनि चुक्दैनौं । त्यसका लागि हामी पनि गोली थाप्छौं । तर, त्यसरी गोली थापेर ल्याएको व्यवस्थामा यत्रो उपहास भइरहँदाखेर व्यवस्थामाथि यत्रो आक्रमण भइरहँदाखेर यहाँहरूले गर्ने प्रतिवाद खोई त ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७