प्रधानमन्त्रीलाई एमालेको प्रश्न : भारतले २० करोड सिधै खर्च गर्न पाउने सम्झौता के हो ?


२५ पुष २०८०, बुधबार
samiti 1

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले १९ पुसमा भारतसँग भएको सम्झौताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जानकारी मागेका छन् ।

आज (बुधबार) बसेको कानुन समितिको बैठकमा सचेतक बर्तौलाले भारतले २० करोड रुपैयाँ सिधै खर्च गर्न पाउनेबारे भएको सम्झौताबारे प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका हुन् ।

‘१९ पुसमा भएको सम्झौता के हो ? सम्झौताको प्रति पढ्न पाइन्छ कि पाइँदैन,’ उनले भने, ‘भारतले सिधै २० करोड रुपैयाँ खर्च गर्न पाउने सम्झौता संसदले थाहा पाउनु पर्छ ।’ सचेतक बर्तौलाले भारतले लगानी गर्न इच्छा गरेको योजनाबारे नेपालको संसदले थाहा पाउनुपर्ने बताए । ‘भारतले लगानी गर्ने इच्छा गरेको योजना के हो ? त्यो नेपालको संसदले थाहा पाउनुपर्छ । बाहिरबाट आएको राष्ट्रघात हो,’ उनले भने, ‘यस्तो सम्झौता परराष्ट्र नीति विपरीत हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७