चीनको प्रत्यक्ष लगानीका आयोजनाबाट उत्पादित विद्युत किन्न भारतको ‘रिजर्भेसन’ छ : प्रधानमन्त्री


२५ पुष २०८०, बुधबार
prachanda 7

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनले नेपालमा प्रत्यक्ष लगानी गरेका आयोजनाबाट उत्पादित विद्युत किन्नेबारेमा भारतले असहमति प्रकट गरेको बताएका छन् ।

आज (बुधबार) सिंहदरबारमा बसेको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएका बेलामा भएको नेपाल-भारत १० वर्षमा १० हजार मेगावाट विद्युत सम्झौतामा भारतले चीन सरकारले नेपालमा प्रत्यक्ष लगानी गरेका आयोजनाबाट उत्पादित विद्युत किन्नेबारेमा असहमति जनाएको जानकारी गराएका छन् ।

उनले आफूहरूले ग्लोवल टेण्डर आह्वान गरी निर्माण भएको विद्युतलाई चीन सरकारले उत्पादन गरेको भन्न नमिल्ने कुरा राखेको र त्यसको लागि अझै छलफल हुने स्पष्ट पारे । उनले यो सम्झौताले नेपाल र भारतबीच दीर्घकालमा विद्युत व्यापारको ढोका खुलेको बताए। भारतले नेपालमा आफूले बनाएका कम्पनीबाट उत्पादित विद्युत मात्रै लैजाने भन्नेकुरा सत्य नरहेको जिकिर गरे । प्रधानमन्त्री दाहालले नेपालले बनाएको नानो स्याटेलाइट भारतीय न्यु स्पेस इण्डिया लिमिटेडले आफ्नै खर्चमा प्रक्षेपण गरिदिने सम्झौता भएको पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७