२०८० पुस २६ गते बिहीबारको तपाईको राशिफल

पुष कृष्ण औंसी पञ्चाङ्ग : व्याघात चतुष्पद पूर्वाषाढा


२६ पुष २०८०, बिहीबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आफन्तसँग भेटघाट पनि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज शुभकार्यको चर्चा चल्ने छ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्ने छ । दिनको उत्तरार्ध बढी सुखद् रहन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज ठीक समयमा सही निर्णय लिन सकिने छ । दाम्पत्य सुखले प्रसन्न र प्रफुल्लित भइनेछ । बोलीको प्रभाव पनि बढ्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभकार्यको चर्चा चल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । श्रमको उचित मूल्याङ्कन हुनेछ, तर स्वास्थ्यप्रति सजग रहनुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । कार्य सम्पादनमा सहजता मिल्ने छ । प्रणय सम्बन्ध र रतिराग बढाउने समय रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । नयाँ कमको थालनी हुनसक्छ । धार्मिक कार्यमा मन पनि जाला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज शरीरमा स्फूर्ति र उमङ्ग कमी हुनेछ । सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ । नियमित खर्च समेत बढ्ने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययन तथा अध्यापनमा रुचि बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज तपाईंको सामान हराउन सक्छ । नाक तथा घाँटीमा समस्या आउला, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफूले गरेको सङ्घर्षबाट आफन्तले लाभ लिन सक्छन् । कुनै कुराले अनुहारमा चमक आउने छ । आर्थिक क्षेत्रमा सामान्य सफलता मिल्ला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । मन खिन्न हुने स्थिति आउनसक्छ । नजिकको व्यक्तिबाट धोका पाइएला, सचेत रहनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साथीको सहयोग र हौसला मिल्ने छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । महिला वर्गबाट विशेष सहयोग मिल्न सक्छ । राशिफल जे जस्तो भए पनि तपाईंको दिन मङ्गलमय रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७