२० वर्षीया युवतीमाथि सामुहिक बलात्कार, आरोपित तीन युवा पक्राउ


२६ पुष २०८०, बिहीबार
Rape 2

उदयपुर । उदयपुरमा एक २० वर्षीया युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा तीन युवा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बलात्कार गरेको आरोपमा चौदण्डीगढी नगरपालिका–८ हिलेखोलाका ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खडग मगर पक्राउ परेका हुन् ।

युवतीलाई ललाईफकाई हिलेखोला जंगलमा लगेर सामुहिक बलात्कार गरेको जाहेरीको आधारमा उनीहरुलाई बुधबार इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७