महासचिव पोखरेलको आरोप : गठबन्धनले सत्ता सञ्चालनको जिम्मा भारतलाई दिन लाग्यो


२६ पुष २०८०, बिहीबार
shankar pokharel

दाङ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले नेपालको सत्ता सञ्चालनको जिम्मा नै भारतलाई दिन लागेको आरोप लगाएका छन् ।

आज (बिहीबार) नेकपा एमाले दाङले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै महासचिव पोखरेलले २० करोडसम्मका योजना आफूखुशी खर्च गर्न दिएर सरकारले राज्य सञ्चालनको जिम्मा नै भारतीय दूतावासलाई दिने काम गरेको टिप्पणी गरेका हुन् । वर्तमान सरकारलाई जनताको जीवनको मूल्य समेत ख्याल नभएको उनको भनाइ छ । सरकारले जीवनको मूल्य बुझ्न छाडेकाले निहत्था युवाको हत्या गरेको पोखरेलको टिप्पणी छ ।

यात्राको क्रममाका कोशी प्रदेशको नामाकरणको विषयमा एमालेलाई छिर्नै नदिने भनि सत्तारुढ दलले गरेको प्रचारलाई जनसागर उर्लिएर चिरिदिएको पोखरेलले बताए । उनले कोशी प्रदेशका सबै ठाउँमा भएका सभा र यात्राको क्रममा नागरिक सहभागिता ऐतिहासिक भएको उनले बताए । डर, त्रास र धम्कीका बाबजुद यात्राको क्रममा सबैभन्दा ठूला सभा कोशी प्रदेशमा नै भएको उनले बताए ।

‘जनताले आफ्नो सहभागिताद्वारा अतिवादमाथि असहमति जनाए, हाम्रा मान्यतालाई जनताले अनुमोदन गरिदिए, कोशी प्रदेशको नामाकरणको सन्दर्भमा एमालेलाई एक्लाउने खालको जुन प्रयत्न भएको थियो । सत्तामा भएकाले पनि आफै निर्णय गर्ने, आफै निर्णयबाट पछि हटी अतिवादलाई प्रवर्द्धन गर्ने जे काम गरिरहेका थिए, जुन कामलाई गलत साबित गरिदिए’, उनले भने । गठबन्धनका कारण देश समस्यामा परेको उनको भनाइ छ । ‘समस्याको जड गठबन्धन हो भन्ने सत्यलाई जनताबीच लैजान आवश्यक छ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७