सांसद चन्द्र भण्डारीको प्रश्न : कस्तो अवस्थालाई प्रेम, कस्तो अवस्थालाई बलात्कार ?


२६ पुष २०८०, बिहीबार
chandra bhandari
फाइल फोटो

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले कस्तो अवस्थालाई बलात्कार र कस्तो अवस्थालाई प्रेम भन्ने विषयको कानुनी व्याख्या आवश्यकक भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भण्डारीले प्रेम बलात्कारमा परिणत हुन्छ कि हुँदैन भन्ने प्रश्न गरेका हुन् ।

‘बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी ब्याख्याको आवश्यकता छ’ उनले लेखेका छन्, ‘कस्तो अवस्थालाई प्रेम ? र कस्तो अवस्थालाई बलात्कार ? बलात्कार भनेको के हो ? अनि प्रेम के हो ? प्रेम बलात्कारमा परिणत हुन्छ हुँदैन ? परिभाषाको आवश्यकता !’ क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी आइरहेका बेला सांसद भण्डारीले प्रेम र बलात्कारको कानुनी स्पष्टता आवश्यक रहेको औंल्याएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७