राष्ट्रिय एकता दिवस : राप्रपाको जलपानमा प्रधानमन्त्री, सभामुखलगायतका नेता (तस्वीरहरु)


२७ पुष २०८०, शुक्रबार
chiyapan

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजना गरेको जलपान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएका छन् ।

raprapa 1

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार भएको जलपानमा सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायत सहभागी भएका छन् । राप्रपा नेपालले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रत्येक वर्ष पुस २७ गते चियापान कार्यक्रम गर्दै आएको छ ।

BB KTM 20240112154050 IMG 0005
BB KTM 20240112154509 IMG 0002
raprapa 2
rpp

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । तीनै राज्यलाई एकतामा सुत्रमा बाँध्ने कार्यको सुरुवाती नेतृत्व पृथ्वीनारायणले गरेका कारण उनलाई राष्ट्रनिर्माताको रुपमा पनि लिइने गरिन्छ ।

Narayankaji

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७