बझाङमा शक्तिशाली भूकम्पको धक्का


२८ पुष २०८०, शनिबार
earthquake

बझाङ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ः३२ मा ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास रहेको छ ।

बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्प गइरहेको छ । सदरमुकाम चैनपुरमा राति भूकम्पले घर हल्लिएपछि स्थानीय खुला चौरमा निस्किएर पुनः घर फर्किएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७