ताइवानको राष्ट्रपतिमा अमेरिका निकट विलियम विजयी


२९ पुष २०८०, आईतवार
Lai Taiwan2 l9XYnHijN5

काठमाडौँ । ताइवानको राष्ट्रपति चुनावमा अमेरिका निकट र चीनविरोधी भनेर चिनिएका विलियम लाइ विजयी भएका छन् । वर्तमान उपराष्ट्रपति तथा सत्तारुढ ‘डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी’ (डीपीपी) का उम्मेदवार लाइ राष्ट्रपति पदमा विजयी भएको बीबीसीले जनाएको छ ।

उनका निकटतम प्रतिस्पर्धी विपक्षी दल ‘कुमिन्टाङ’ (केएमटी) का होउ यु–इह ले पराजय स्वीकार गरेका छन् । ताइपेईका मेयर होउ यु–इह चीनसँग घनिष्ठ सम्बन्धको पक्षमा छन् । लाइको जितपछि आयोजित र्‍यालीमा बोल्दै ताइवानकी वर्तमान राष्ट्रपति साई इङ–वेनलेले ताइवानमा लोकतन्त्रको जित भएको बताए ।

ताइवानको स्वतन्त्रता र लोकतन्त्रको लागि कुनै पनि चुनौती र दबाबले प्रभाव नपारेको भन्दै उनले मतदाताहरुलाई धन्यवाद दिए । यस्तै राष्ट्रपतिमा निर्वाचित भएपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै विलियम लाइले चीनसँगको सम्बन्धमा अत्यन्तै सतर्क रहने बताएका छन् । उनले चीनसँग आपसी सम्मानका आधारमा संवाद र सहयोग रहने बताए ।

उनले चार महिनापछि मे २० तारेखमा ताइवानको राष्ट्रपतिको शपथ लिनेछन् । हिजो (शनिबार) भएको राष्ट्रपति र संसदीय चुनावमा झण्डै एक करोड ९० लाख जनाले मतदान गरेका बीबीसीले जनाएको छ । एक सय १३ सदस्यीय विधायिकाको पनि मतगणना चलिरहेको छ । ताइवानलाई चीनले आफ्नै देशको हिस्सा दाबी गर्नु र ताइवनासँगको सम्बन्धकै कारण चीन र अमेरिकाबीच टकराव रहेकोले यो चुनावलाई विश्वले चासोको साथ हेरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७