म्यानचेस्टर सिटी र चेल्सीको जित


२९ पुष २०८०, आईतवार
m

काठमाडौँ । इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र चेल्सी विजयी भएका छन् । शनिबार राति सेन्ट जेम्स पार्कमा भएको खेलमा घरेलु टोली न्युक्यासलमाथि ३–२ को जित हात पार्दै म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ। सिटी शीर्ष स्थानको लिभरपुलभन्दा दुई अंकले मात्र पछि छ ।

सिटीको जितमा केभिन डे ब्रुइन, बर्नार्डो सिल्भा र ओस्कर बबले गोल गरे । न्युक्यासलका अलेक्जेन्डर इजाक र एन्थोनी गोर्दोनले गोल गरे पनि जिताउन सकेनन् । जितसँगै सिटीको २० खेलबाट ४३ अंक छ । एक खेल बढी खेलेको न्युक्यासल २९ अंकसहित १०औँ स्थानमा छ ।

यसैबीच, अर्को खेलमा चेल्सीले फुलहमलाई १–० ले पराजित गरेको छ । चेल्सीको जितमा कोल पाल्मेरले पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो । पाल्मेरले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । जितपछि चेल्सी ३१ अंकसहित आठौँ स्थानमा उक्लिएको छ । २४ अंक रहेको फुलहाम १३औँ स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७