राष्ट्रियसभा निर्वाचनमा आफ्ना १९ उम्मेदवारलाई जिताउन सत्ता गठबन्धनको अपिल (सूची)

राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको खर्चको हद तीन लाख ५० हजार


२९ पुष २०८०, आईतवार
sattarudh meeting dk8nSnbqNT
फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनका दलहरुले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका १९ जना साझा उम्मेदवारलाई जिताउन अपिल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक पछि नेताहरुले संयुक्त अपिल जारी गरेका हुन् ।

‘नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले यो राजनीतिक गठबन्धन निर्माण गरेका हौं । देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याय प्राप्त गर्ने हाम्रो साझा लक्ष्य हो । देशको उन्नतिका लागि राजनीतिक स्थीरता पूर्वशर्त हो । लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरण, राजनीतिक स्थीरता, दिगो शान्ति, शुसासन र समृद्धिका लागि प्रतिवद्ध छौ र सदैव निष्ठापूर्वक क्रियाशील रहने प्रतीज्ञा गर्दछौ,’ अपिलमा भनिएको छ ।

संयुक्त अपीलमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नाउपा अध्यक्ष रञ्जिता चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर छ ।

राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको खर्चको हद तीन लाख ५० हजार
निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा उम्मेदवारको खर्चको हद तोकेको छ । आयोगले प्रति उम्मेदवार तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको हो।

‘२०८० माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६(१) सँग सम्बन्धित अनुसूची–१ ले रु.३,५०,०००।– (अक्षेरेपी रू. तीन लाख पचास हजार मात्र) सम्म खर्च गर्न सक्ने गरी हद तोकेको छ’, आयोगले आइतबार विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी सधानको इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तर्क्रिरया, प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने आयोगको भनाइ छ ।

1 5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७