नारायणगढ–मुग्लिन सडक आज र भोलि बन्द नहुने


२९ पुष २०८०, आईतवार
Mugling jam

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड आइतबार र सोमबार चौबिसै घण्टा खुला गरिएको छ । माघी, माघे संक्रान्ति पर्वलाई लक्षित गरेर उक्त सडक खण्ड चौबिसै घण्टा खुला गरिने भएको मुग्लिन–नागढुंगा आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार दुई दिन काम रोकेर सडक खुलाइने भएको हो । धादिङ र गोरखाबीच भएको समन्वय समिति बैठकमा तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय भएको थियाे। अघिल्लो वर्ष पनि यो सडक खण्डमा पुल निर्माणका लागि पुस ५ गतेदेखि सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो ।

नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पुल बनाउन पहरो फोर्ने काम अहिले चलिरहेको छ । उक्त काम गर्न दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गर्ने गरिएको थियो । यस वर्ष सडक बन्द गरेर काम गर्न सुरु गरिएको शनिबार तीन हप्ता भएको छ । पुनः २१ दिन दैनिक चार घण्टा सडक बन्द गरेर काम गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७