कोमोरोसमा राष्ट्रपतिको निर्वाचन शुरु


१ माघ २०८०, सोमबार
Comoros

काठमाडौं । कोमोरोसमा राष्ट्रपतिको निर्वाचन शुरु भएको छ । आगामी पाँच वर्षका लागि वर्तमान राष्ट्रपति अजाली असुमानी लगायत ६ जना उम्मेदवारहरू मध्येबाट राष्ट्रिय नेता चयन गर्न आईतवार राष्ट्रपति चुनावको पहिलो चरणको शुरुवात भएको हो ।

स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका अनुसार करिव ९ लाख कुल जनसंख्यामध्ये ३ लाख ३८ हजार ९४० दर्ता भएका मतदाताले बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म देशभरका ८६८ मतदान केन्द्रमा मतदान गर्नेछन् । देशको निर्वाचन आयोगले आज अस्थायी नतिजा घोषणा गर्ने बताइएको छ । यदि कुनैपनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसके सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई उम्मेदवारहरू फेब्रुअरी २५ मा निर्वाचन लड्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७