एमाले केन्द्रीय सदस्यमा मनोनीत ६ जनाले अध्यक्ष ओलीबाट लिए शपथ


२ माघ २०८०, मंगलवार
amale

काठमाडौं । नेकपा एमालेका ६ केन्द्रीय सदस्यले शपथ लिएका छन् । पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।

sa 1

सिरहाका रामअवतार यादव, संखुवासभाका तुलसीप्रसाद न्यौपाने, नुवाकोटका केशवराज पाण्डे, बैतडीका दामोदर भण्डारी, दैलेखका विनोद शाह र झापाका दीपक कार्कीलाई पुस १० को सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । मनोनीत ६ मध्ये ५ पूर्व प्रदेश अध्यक्ष हुन् भने कार्की झापा जिल्ला अध्यक्ष हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७