कंगोमा ज्यान गुमाएका सुरेशको परिवारलाई एनआरएनएको साढे २६ लाख सहयोग


६ माघ २०८०, शनिबार
nrna rakam oyLJUD2FGa

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वैदेशिक रोजगारीका शिलशिलामा कंगोमा ज्यान गुमाएका डोटी आदर्श गाउँपालिका– ६ का सुरेश सिल्लाको परिवारलाई साढे २६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष डा. बद्री केसीले शनिबार केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित समारोहमा पीडित परिवारलाई २६ लाख ६१ हजार ९२० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चार महिने नाबालक खगेन्द्रसहित उपस्थित सिल्लाकी पत्नी राजु सिल्ला, पिता पदमबहादुर सिल्ला, दाजु वीरेन्द्रसिंह सिल्ला, ठूलो बुबा धनबहादुर सिल्ला र आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्काले एनआरएनए अध्यक्ष केसीसहित अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीबाट चेक बुझेका थिए ।

परिवारलाई हस्तान्तरण गरिएको रकम राष्ट्रिय समन्वय परिषद् कंगोले संकलन गरेको थियो । एनआरएनए कंगोका अध्यक्ष विष्णु गिरीले सहयोग जुटाउन नेतृत्व गरेका थिए । एनआरएनए महासचिव गौरीराज जोशीकाअनुसार हस्तान्तरण गरिएको रकममध्ये ४० प्रतिशत हिस्सा नाबालक छोराको लागि, ३० प्रतिशत श्रीमती र ३० प्रतिशत बुवा–आमाको खर्चका लागि सहयोग गरिएको हो ।

सिल्लाको परिवारलाई सहयोग रकम हस्तान्तरण गर्दै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष डा. केसीले यो दुखको घडीमा एनआरएनले थोरै भए पनि मलम लगाउने प्रयास गरेको बताए । श्रम स्वीकृत लिएर जाँदा सुरक्षित भए पनि त्यो वातावरण नरहेको अध्यक्ष केसीको भनाइ थियो । ‘धेरैले स्वीकृति लिएर जानुभएको छैन । किनभने बाहिर निस्किँदा एयरपोर्टमै सेटिङ गर्नुपर्छ । कागजहरु हुँदाहुँदै पनि सेटिङ भएन भने, ४०–५० हजारदेखि १–२ लाखसम्म दिएन भने त्यो ठाउँमा जानै पाइँदैन । अफ्रिकाको कथा यही छ । कंगोको कथा यही छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७