प्रधानमन्त्री प्रचण्ड युगाण्डाबाट स्वदेश फिर्ता


७ माघ २०८०, आईतवार
PM Prachanda

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगाण्डाबाट स्वदेश फिर्ता भएका छन् । युगाण्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औं शिखर सम्मेलनमा सहभागी भएका प्रचण्ड अहिले बिहान सवा ९ बजे काठमाडौंमा अवतरण गरेका हुन् ।

सम्मेलनमा भाग लिन नेपाली प्रधानमन्त्री प्रचण्ड बुधवार युगान्डाको राजधानी कम्पला पुगेका थिए । युगाण्डा भ्रमणको क्रममा उनले विभिन्न देशका सरकार प्रमुखहरुसँग उच्चस्तरीय भेटवार्ता गर्नुका साथै नाम सम्मेलनलाई सम्बोधन गरेका थिए । युगाण्डाबाट उनी कतारको दोहा हुँदै नेपाल आएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७