त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ


७ माघ २०८०, आईतवार
gold

काठमाडौं । त्रिभुवन विमानस्थलबाट झण्डै आधा किलो सुनसहित एक युवक पक्राउ परेका छन् । झापाका २३ वर्षीय खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित नियन्त्रणमा लिइएको विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिए ।

हिमालय एयरलाइन्सको उडानमा दोहाबाट काठमाडौं आएका उनलाई पक्राउ गरिएको हो । अहिले विमानस्थल भन्सार सुरक्षार्थ एपीएफको टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७